विराटनगर, ५ बैशाख । शनिबार साथीसँग खेल्न निस्केका ७ वर्षीय बालक उप्लव बस्नेतको शव प्रहरीले फेला पारेको छ । आज खोलामा जाल हानेर प्रहरीले बालकको शव निकालेको जनाएको छ ।
मृत फेला परेका बालकको शरीरमा कुनै पनि चोट देखिएको छैन् । प्रहरीले घटना शंस्कास्पद नरहेको भन्दै बालक आफै खोलामा डुबेर मरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । खेल्ने क्रममा खोलामा पसेपछि दह डुबेकाले बाहिर निस्कन नसकेर बालकको पानी भित्र मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।