Logo

कामना बैंकले आर्जन गर्यो ५८ करोड ६१ लाख नाफा



काठमाडौं, ५ बैशाख । कामना सेवा बैंक लिमिटेडले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा उक्त रकम नाफा गरेको हो ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७२ प्रतिशत धेरै भएको बैंकले जनाएको छ । बैंकले सो अवधिमा ९५.५ प्रतिशत संचानल नाफा गरेको छ भने २५.७३ प्रतिशतले खुद ब्याज आम्दानी गरेको छ ।

आज सार्वजनिक गरेको विवरण अनुसार बैंकले समीक्षा अवधिमा वितरण योग्य मुनाफा ५८ लाख ४२ हजार रुपैयाँबाट बढेर ३८ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकको मुल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ आम्दानी ११४ रुपैयाँ ३५ पैसा रहेको विवरणमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्