काठमाडौं, ५ बैशाख । बिशेष अदालतमा प्रभु बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको न्यायाधीश प्रेमराज कार्कीले आज उद्घाटन गरेका हुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।