Logo

आइतबार काठमाडौं उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि



काठमाडौं, ५ बैशाख । आज एकैदिन नेपालमा कोरोना भाइरसबाट  १ हजार ९६ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये काठमाडौका ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपरमा ६४ जना रहेका छन् । नेपालमा संक्रमण मुक्त हुने दर ९६.७ प्रतिशत हो । आज ५ हजार ८४ नमुना पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परिक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, आइतबार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्