Logo

मन्त्रिपरिषद बैठकः विद्यालय बन्दको निर्णय आउँदै



काठमाडौं, ६ वैशाख । मन्त्रिपरिषदको बैठक शुरु भएको छ । बैठकले कोरोना भाइरसको रोकथामका लागि कठोर कदमहरु चाल्नेबारे निर्णय लिने भएको छ ।

कोभिड १९ रोकथामसम्बन्धी गठित सीसीएमसीले शनिबार वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्न सिफारिश गरेकोमा त्यसबारे निर्णय हुने भएको छ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्दको निर्णय लिन लागेको बुझिएको छ ।

विद्यालय जाने उमेरका केटाकेटीमा समेत कोरोना संक्रमण बढेपछि सरकारले फेरि बन्दको निर्णय लिन लागेको हो । आजैबाट देशका शहरी क्षेत्रका कतिपय विद्यालय बन्द गरिएका छन् । सरकारले भीडभाड हुने क्षेत्रमा समेत रोकथामको उपायबारे निर्णय लिन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्