काठमाडौं, बैशाख ६ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भयो । उनी ९३ वर्षका थिए।
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय मा रही राजनीतिमा सक्रिय रहेका थिए ।
पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि बनेका थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।