Logo

पूर्व सभामुख रानाभाटसँग पत्रकार ऋषि धमलाको बहस (भिडिओसहित)



काठमाडौं, ६ बैशाख । पूर्व सभामुख तारानाथ रानाभाटले नेपालको वर्तमान राजनीति त्यति सन्तोषजनक नभएको गुनासो पोखेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुुलुकको भाग्य र भविष्यको लागि लाग्नुपर्ने जुन नैतिकता हो त्यसलाई नेताहरुले बिर्सिएको पनि गुनासो पोखे ।

उनले नेपालमा पछिल्लो समय गलत परम्परा भएको जनाए । नेपालका नेताहरु नसच्चिएको उनको गुनासो छ । रानाभाटले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सुमधुर सम्बन्ध नहुनुको कारण पनि सुनाएका छन् । संसदीय व्यवस्थाको ब्युटिलाई समाप्त पार्ने काम कसैले पनि गर्न नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्