Logo

माधव नेपालविरुद्ध खनिए ओली, ‘अक्षम्य अपराध’ को आरोप



काठमाडौं, ६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध निकै खनिए । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले लामो भाषण गर्ने क्रममा माधव नेपालमाथि अक्षम्य अपराधको आरोप लगाए ।

कर्णाली प्रदेशमा एमालेका सांसदहरुबाट नै भएको फ्लोर क्रसप्रति ओलीले आक्रोश व्यक्त गरे । उनले अक्षम्य गल्ती भन्दै कारबाही गर्ने बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले माधव नेपाल र प्रचण्ड दुवैको चर्को आलोचना गरेका छन् । कर्णालीको जस्तो घटना अन्य प्रदेशहरुमा पनि घटाउने ठाउँ नदिने भन्दै कारबाही गरेर जानुपर्नेमा जोड दिए । उनले सिधै माधव नेपालले नै कर्णालीमा फ्लोर क्रस गराएको टिप्पणी गरे ।

कर्णालीमा एमालेका ४ प्रदेश सभा सांसदले फ्लोर क्रस गर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो । यो घटनासँगै ओलीविरुद्ध माधव नेपाल आक्रामक बनेको सन्देशहरु प्रवाह भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्