Logo

२४ घन्टामा ८ संक्रमितको मृत्यु



काठमाडौं, ६ बैशाख । आज कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म २ लाख ८५ हजार ९ सय  संक्रमित भएपनि २ लाख ७५ हजार ५ सय ५५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार २ सय ५४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ८१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्