Logo

कोरोनाविरुद्ध सरकारद्वारा कडाई, के गर्न पाइने के नपाइने



काठमाडौं, ६ वैशाख । सरकारले कोरोना भाइरसको रोकथामका लागि कडाई गर्ने निर्णयहरु सार्वजनिक गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको खतरालाई दृष्टिगत गरी मन्त्रिपरिषद्को निर्णयबाट कडाईका निर्णयहरु गरिएको हो ।

सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ्गले मन्त्रिपरिषदले सार्वजनिक सवारीमा मास्क अनिवार्य गरेको जानकारी दिए । मास्क नलगाएकालाई सार्वजनिक सवारीमा यात्रा गर्न दिइनेछैन ।

सार्वजनिक सवारीमा अब सिट बराबर मात्र यात्रु राख्न पाइनेछ । सवारीमै मास्कको व्यवस्था गर्नुपर्ने र नलगाएकाले रु १० अधिकतम तिरेर खरिद गर्न सक्नेछन् ।

विवाह, ब्रतबन्ध, मेला, महोत्सव, जात्रा, पर्व, मलामीलगायत संस्कारहरुमा २५ भन्दा बढी सहभागी हुन पाउनेछैनन् । पार्टी प्यालेसको आवश्यकता परेमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्नेछ ।

होटल तथा रेष्टुरेन्टहरु विहान ८ देखि बेलुका ८ सम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको छ ।

मुख्य शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्