काठमाडौं, ६ बैशाख । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चारजना मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले आज (सोमबार) साँझ विज्ञप्ति २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
चारै जना सांसदलाई मन्त्रीबाट राजीनामा दिनसमेत भनिएको छ । सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आजमात्रै मन्त्रीको सपथ खाएका थिए । चित्तबुझ्दो जवाफ नदिए सांसद पदसमेत नरहनेगरि कारबाही गरिने पनि पार्टीले जनाएको छ ।