काठमाडौं, बैशाख ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । उनले नयाँ कोर्स पूरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरे।
मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्यरूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गरेका हुन् ।
मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने उनले बताए। नेपाल समाचारपत्र दैनिकबाट