Logo

बालुवाटारमा पूजागरेर चितवनको अयोध्यापुरी पठाईयो राम-सीताका मूर्ति



काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिको विधिवत् रूपमा पूजाआजा गरि रथ यात्रा गरेर चितवन पठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुपूर्व आज विहान बालुवाटरमा पूजाआजा गरेका हुन्। चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई बिहानै विधिवत पूजाका लागि अनुष्ठान कार्यक्रम राखिएको थियो ।

 

चितवन लैजानुअघि प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्तिमा पूजा गरेका हुन्। कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए।



प्रतिक्रिया दिनुहोस्