काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूलाई संघीयता विरोधी प्राणी भनेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपालमा प्रदेशको आवश्यकत्ता नै नभएको कुरा दोहोर्याएका छन् । उनले प्रादेशिक विकास र सेवा केन्द्रका रुपमा काम गर्ने प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले नेपालमा यो संरचना आवश्यकत्ता नै थिएन भन्ने आफूजस्तै अरु पनि खुशी भएको धारणा राखेका छन् ।
उनले लेखेका छन्–‘प्रादेशिक विकास र सेवा केन्द्रका रुपमा काम गर्ने प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको आवश्यकता नै थिएन भन्ने म जस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान भन्ने आशाकासाथ,स्थीरता विरोधी तर अग्रगामी भनि स्वतः जानिने तत्वका खवर बुझ्ने ईच्छाहुँदा यो कुरा लेखें।‘File Photo