एजेन्सी, ७ बैशाख । बलिउडका हस्ती सन्जय दत्त कुनै समय नशामा चुर्लुम्म थिए । उनी लागुऔषध र रक्सीको नशामा २४ सै घन्टा डुबेका हुन्थे ।
एक पटकको कहानी रोचक छ । एक फिल्म निर्माता तथा निर्देशकले सन्जय दत्तलाई लिएर फिल्म बनाउन लागेका थिए । रातको समय थियो । उनले राम्रोसँग डाइलग्स पनि बोल्न सकेका थिएनन् । तर उनले फिल्मको पुरै पैसा लिइसकेका थिए ।
नशामा भएका सन्जयले अजीबको हर्कत गर्दै आएका थिए । उनको कारण फिल्मलाई पनि प्रभाव पर्न थाल्यो । फिल्मको शुटिङको क्रममा सन्जयले अभिनेत्री पद्यिनी कोल्हापुरेसँग पनि भनाभन गर्न थाले ।
नशाको सुरमा सन्जयको दिमाग घुम्न थाल्यो र पद्यिनी घर जान निस्किएर अलि अगाडी पुगिन् । सन्जय दत्त चक्कु लिएर पद्यिनीको पछि दौडन थाले । धेरै समयपछि मात्र उनको रिस शान्त भयो । यो कुरा सन्जयको बाबुले थाहा पाएर उपचारको लागि उनलाई जमर्नी लगे । स्रोतः वेबदुनिया