Logo

सिटिजन्स बैंक पन्ध्रौ वर्षमा प्रवेश



काठमाडौं, ८ बैशाख । ग्राहकहरुलाई वित्तीय सेवा सुविधा दिने उद्देश्यले ०६४ सालमा स्थापना भएको सिटिनन्स बैंक इन्टरनेशनलले आज चौधौ वर्ष पुरा गरेको छ ।

आज १५ वर्षमा प्रवेश गरेको बैंकको हाल ११ अर्ब ६६ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । बैंकले नेपाल हाउजिङ्ग एण्ड मर्चेन्ट, तिनाउ मिसन डेभलपमेन्ट, सहयोगी विकास बैंकलाई प्राप्ति गरेको छ भने अन्य वित्तीय संस्थाहरुलाई पनि प्राप्ति गर्ने सम्झौता गरिसकेको जनाएको छ ।

बैंकले भर्खरैमात्र भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि आफ्ना ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धि समझदारी हस्ताक्षर गरेको छ । १४ वर्षको अवधिमा ३ लाख ४४ हजार १८३ जनाले मोबाईल र्बैंकिङ्ग सेवा लिइरहेको बैंकले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्