काठमााडौं, ८ बैशाख । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षमा एक अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेपछि अर्बपति क्लबमा प्रवेश गरेको छ ।
बैकले आर्थिक वर्ष २०७७÷०७८ तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै नेपालको बैंकिङ इतिहासमा विकास बैंकहरु मध्ये खुद नाफामा अर्बपति क्लबमा पुग्न सफल पहिलो विकास बैंक बनेको जानकारी दिएको हो ।
गत आर्थिक वर्षको सोही समयमा बैंकले ६७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत सालको तुलनामा ४७.७५ प्रतिशतले बढी नाफा कमाएको र्बैकले जनाएको छ ।
बैंककोे खुद नाफा बृद्वि भएसँगै प्रतिसेयर आम्दानी पनि बढेकोे छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ १४ पैसा बढेर २७ रुपैयाँ ८७ पैसा पुगेको बैंकले जनाएको छ । त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख १९ हजार रुपैयाँ पुगेको जनाइएको छ ।