Logo

माधव नेपाल छोडेर ओली क्याम्पमा पुगेपछि विष्णु रिजाल माओवादी केन्द्रसँग आक्रोशित



काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयमा गम्भीर टिप्पणी गरेका छन् । भर्खर्र वरिष्ठ नेता माधव कुमार नेपालको साथ छोडेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा पुगेका नेता रिजालले माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज गरेको निर्णयलाई लिएर गम्भीर टिप्पणी गरेका हुन् ।

उनले सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन नसकेको भन्दै संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने कुरा प्रष्ट भएको पनि बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ । मैले नबुझेको- वस्तुत: यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट बैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?”



प्रतिक्रिया दिनुहोस्