विपिन देवः शक्ति शास्त्र र शस्त्रबाट प्राप्त हुने गर्दछ । रायसीना सम्वाद एक किसिमले शास्त्रार्थ हो । सन् २०१६ देखि भारतको परराष्ट्र मन्त्रालय र अभजर्भर रिर्सच फाउन्डेसन्नको संयुक्त आयोजनामा रायसीना सम्वाद सुरू हुँदै आएको छ । भर्खरै १३ अप्रिलदेखि १६ अप्रिल (२०२१) मा विद्युतीय माध्यमवाट सम्पन्न भएको रायसीना सम्वादले विशवका महत्वपूर्ण मुद्दाहरूमा वहस र छलफल गरेको पाइन्छ । १५० वटा उच्च श्रेणी विज्ञ र वक्ताहरूले यो वैचारिक मञ्चमा सहभागी भएका छन् । ५० वटा सत्रमा सञ्चालन भएको उक्त कार्यक्रममा मानव जातीले संग्राम गरिरहेको महत्वपूर्ण मुद्दाहरूमा अन्तरक्रिया र वहस भएको देखिन्छ । ८० वटा मुलुकहरूको मुर्घन्य विज्ञहरूको प्रतिनिधित्वले कार्यक्रमको गरिमालाई महिमामण्डित गरेको छ ।
क्रार्यक्रमको शुभकामना सन्देशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रमको उद्देश्यलाई आलोकित गरेका छन् । आप्mनो सम्वोधनमा भारतको वैश्विक जिम्मेवारी र भारतीय दर्शनको वारेमा उनले चर्चा गरेका छन् । आप्mनो चहकिलो र गहकिलो शैलीमा उनले गान्धी दर्शनको सारलाई उल्लेख गरेका छन् । गान्धीले मानव जातीलाई यो संसारको ट्रस्टीको रुपमा व्याख्या गरेका छन् । अर्थात् यो संसारको सम्पदालाई नाश र दोहन गर्ने मानवको कुनै अधिकार छैन । मानव जातीले आउने पुस्तालाई संसारको सम्पदालाई हस्तानतरण गर्दै मानव सभ्यतालाई अगाडी बढाउनु पर्दछ । भौतिकवादको उन्मादले मानव यो पथवाट विचलित भएको अवस्था छ ।
मोदीले रायसीना सम्वादलाई समुद्र मन्थनसंग जोड्दै वौद्धिक वहसको उपलब्धिवाट लोकहित र जनहित हुने आंकक्षा जाहेर गरेका छन् । आप्mनो शुभकामना संदेशमा कोरना कहरवाट छटपटाइरहेका मानव समाजलाई राहत र निकास दिन थप शोध र अध्ययनको खाचो रहेको कुरा उनले उल्लेख गरेका छन् । अष्ट्रेलियका प्रधानमन्त्रीको सम्वोधन वडो रोचक र सांकेतिक रहेको देखिन्छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया र भारत लोकतन्त्र मानव अधिकार, खुला अर्थतन्त्र, प्रेश स्वतन्त्रता, कानुनी राज्य समावेशी समाज जस्ता अनेकौ मानवीय मुल्य मान्यतामा एक साथ रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा सारा संसार ध्रुविक्रित रहेको उनले चर्चा गरेका छन् । अर्थात् वर्तमान परिवेशमा लोकतन्त्र र मानवीय मुल्य र मान्यता तानाशाही विचारधारा वोकेका देशबाट मानमर्दन भइरहेको कुरा उनले उल्लेख गरेका छन् । अर्थात् मोरिसनले सांकेतिक भाषामा चीन प्रति आक्रोश व्यक्त गरेका छन् । साथ साथै गत मार्च १२ को कर्वाड सम्मेलनको उल्लेख गर्दै स्कोट मोरिसनले हिन्द माहासागरीय क्षेत्रमा भारत, जापान, अष्ट्रेलिया र अमेरिकाको सहयात्रा र सामरिक साझेदारी अहिले आवश्यकक्ता भएको कुरा पनि प्रष्ट पारेका छन् । क्रायक्रमको विभिन्न सत्रहरूमा भारतका परराष्ट्रमन्त्री डा. जयशंकर र विदेश सचिव हर्ष श्रुगलाको सहभागीता देखिएको छ ।
विभिन्न रोचक सत्रहरू मध्ये अफगानीस्तानको सत्रको यत्र, तत्र, र सर्वत्र चर्चा संचार माध्यमहरूले गरेका छन् । अफगानीस्तानको सत्रमा इरानका परराष्ट्रमन्त्री, भारतका परराष्ट्रमन्त्री र अफगानीस्तानका सुरक्षा सल्लाहकार सहभागी थिए । इरानी पराष्ट्रमन्त्रीले अफगानीस्तानको द्वन्दले गर्दा छिमेकी राष्ट्रहरू प्रभावित भएको कुरा जनाएका छन् । अफगानीस्तानमा भइरहेको जातीय हिंसा र द्वन्दले गर्दा २ लाख भन्दा वढि सरनार्थीहरूलाई इरानले आश्रय दिएको कुरा पनि उनले उल्लेख गरेका छन् । साथ साथै इरानमा भइरहेको हिंसात्मक गतिविधिले गर्दा मध्य एसिया र दक्षिण एसिउा समेत प्रभावित भएको कुरा इरानी परराष्ट्रमन्त्रीको भनाई रहेको छ । अमेरिका र तालीवानीहरू विचमा भएको सम्झौतालाई उनले धोकाको संज्ञा दिएका छन् । अफगानीस्तानको समस्यालाई चर्चा गर्दै भारतीय विदेशमन्त्री डा. जयशंकरले भारतको चिन्तालाई उजागर गरेका छन् । विगत २० वर्षदेखि अफगानीस्तानको ३१ वटा प्रान्तमा भारतको योजनाहरू लागु भइरहेको कुरा चर्चा गर्दै भारतले २० विलियन अमेरिकी डलर अनुदान सहयोग गरेको कुरा उनले उल्लेख गरेका छन् । अफगानीस्तानको संसद भवनको निर्माणदेखि महत्वपूर्ण सडक सन्जालको निर्माणको अभिभारा भारतले लिएको कुरा जानकारी गराउ‘दै अफगानीस्तानमा आतंकवादी गतिविधि रोक्न शक्तिकेन्द्रहरूको सहकार्यमा उनले जोडदिएका छन् । तालीवानीहरूको गतिविधिलाई भारतले किर्माथ स्वीकार गरेको छैन ।
तालिवानीहरूलाई अस्त्र र धन दिएर आतंकवादको ठुलो सन्जाल पाकिस्तानले दक्षिण एसिया र मध्य एसियामा वढाइरहेको कुरा जयशंकरले आप्mनो सम्वादको माध्यमवाट व्यक्र गरेका छन् । अफगानीस्तानका सुरक्षा सल्लाहकारले तालिवानीको नीति र नियतमा कुनै इमानदारी नरहेको कुरा उल्लेख गरेका छन् । तालीवानीहरू हरेक प्रयासको वावजुद पनि राष्ट्रिय मुलधारमा आउन इच्छा नगरेर ऐतहासिक मौका गुमाइ सकेको कुरा उनले चर्चा गरेका छन् । तिनैवटा वक्ताहरू तालिवानीहरू माथि आक्रोस व्यक्त गरेका थिए । अफगानीस्तानको समस्याले गर्दा मधय एसिया र दक्षिण एसिया पनि प्रभावित भावित भएको छ । तालिवानीहरू आप्mनो आतंकवादी गतिविधि वठाएर यी क्षेत्रहरूमा त्रास वठाएका छन् । काश्मिरमा पनि वेला वखतमा तालिवानी लडाकाहरूको संलग्नता देखिन्छ ।
अफगानीस्तानको सत्र पछि हिन्द महासागरीय क्षेत्रको वारेमा रायसीना सम्वादमा व्यापक चर्चा भएको देखिन्छ । “हिन्दमाहासागरीय” सत्रमा विभिन्न कोणवाट वहस भएको कूटनीतिक र राजनीतिक कोणवाट वहस गर्ने अष्ट्रेलियाका परराष्ट्रमन्त्री र भारतका परराष्ट्र मन्त्री थिए भने सुरक्षा संवेदनशिलताका अध्यारो कुनामा आलोकित गर्ने इण्डोप्यासिफीक कमाण्डका अमेरिकी कमाण्डर फिल डेभिडसन थिए । इण्डोप्यासिफीक क्षेत्र संसारको व्यापारीक केन्द्र भएकोले गर्दा क्षेत्र संसारको व्यापारीक केन्द्र भएकोले गर्दा सारा संसारको अर्थतन्त्र यो क्षेत्रसंग जोडिएको छ । दक्षिण चीन सागरमा चीनको वढ्दो वर्चस्व र मनोमानीले गर्दा हिन्द महासागरीय क्षेत्रमा प्रजातन्त्रीक गठवन्दनको टड्कारो आवश्यक्तालाई जपान, अष्ट्रेलिया, अमेरिका र भारतले महसुस गरेको देखिन्छ । तदनुरुप अष्ट्रेलियाका परराष्ट्रमन्त्रीले हिन्द महासागरीय क्षेत्रलाई भयमुक्त क्षेत्र बनाउन अष्ट्रेलियाले कुनै कसर वॉकी राख्ने कुरा उल्लेख गरेकी छिन् । भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले हिन्द महासागरको माध्यमवाट भारतले सिमार्वती देशहरूले आप्mनो विकास दर र पहिचानलाई बठाउन सक्ने कुरा जिकिर गरेका छन् ।
हिन्द महासागरीय क्षेत्रमा सैनिक र सामरिक रुपले अब्वल रहेका अमेरिकी कमाण्डका प्रतिनिधि डेवीडसनले सैनिक साझेदारी, सामरिक अभ्यास, सूचना आदान प्रदान जस्ता अनेकौ समस्यामा सहकार्यमा जोड दिएका छन् । सांकेतिक रुपमा डेवीउसनले भारतको भौगोलिक कारणले गर्दा यस क्षेत्रमा भारतको नेतृत्वको आवश्यक्ता माथि जोड दिएका छन् ।
विभिन्न सत्रहरू मध्ये “भुमंडलिकरण” को सत्र पनि उत्तिकै रोचक रहेका छन् । भुमडलीकरण माथि प्रकास पार्ने वक्ताहरूमा अष्ट्रेलियाका मेलीशा, युरोपीयन सांसद सुरेन गोड र भारतीय सांसद मनिश तिवारी थिए । कोरनाको कहरले गर्दा भूमंडलीकरण सबभन्दा वढि प्रभावित भएको कुरामा सम्पूर्ण वक्ताहरूको एकमत थियो । सन् १९८० देखि सन् २००८ सम्म भुमंडलीकरणको हुरी र वेगले संसारका सम्पूर्ण मान्यतालाई प्रभावित गरेको थियो । भूमंडलीकरणको राप र तापवाट सबभन्दा वढि लाभ लिने मुलुक चीन नै हो । कोरनाको कहरमा चीनले भूमंडलीकरणको आधारस्तम्भलाई परित्याग गरेको छ । सारा संसार कोरनाको कहरवाट छटपटाइरहेको अवस्थामा ताइवान, हंककंग, भारत, अमेरीका लगायत पूर्वीय एसियाली देशहरू गोरु जुधाई गरेर चीनले आप्mनो महत्वाकांक्षालाई उदांग गरेको छ । यस अर्थमा कोरनाले भूमंडलीकरणको पराकम्पन देखाएको छ । भूमंडलीकरण माथि प्रकास पार्दै यी वक्ताहरूले भूमंडलीकरणको नयॉ भास्य निर्माण गर्नु पर्ने कुरा जाहेर गरेका छन् ।
अर्को रोचक सत्र थियो, “द्वन्द्व र प्रजातन्त्र” । अर्थात् संसारमा वढ्दो द्वन्द, हिंसा, प्रतिहिंसा, जातीय ध्रुवीकरण, धार्मीक कलह जस्ता अनेकौ समस्याहरूलाई प्रजातान्त्रीक व्यवस्था शासन प्रणालीले समाधान गर्न सक्छ कि सक्दैन? यस सत्रमा विभिन्न शोधार्थीहरूले तथ्यांक र श्रोतलाई उजागर गर्दै प्रष्ट रुपमा तथ्यलाई के उद्धाटित गरेका छन् कि तानाशाही र हैकमवादीले द्वन्दलाई विजारोपन गर्दछ । तर प्रजातन्त्रीक व्यवस्थाले द्वन्दलाई निराकण तर्फ उन्मुख गर्दछ । रायसीना सम्वादमा “सुशासन” पनि एउटा रोचक सत्र थियो । यस सत्रमा जनजेतना माथि वढि जोड दिएको थियो । अर्थात् जनतामा सुशासन प्रत्याभूत गर्न जनतालाई जागृत बनाउ‘नु पर्दछ ।
रायसीना सम्वादमा भारतले “साउथ ट् साउथ” मा वढि जोड दिएको देखिन्छ । परराष्ट्रमन्त्री जयशंकरले ५१ वटा अफ्रिकी मुलुकहरू भारतले विभिन्न योजनाहरूलाई लागु गरेको कुरा उल्लेख गरेका छन् । अर्थात् अफ्रिकालाई मुल विकासको मुलधारमा ल्याउ‘न गान्धीदेखि मोदीसम्म प्रत्यनशिल रहेको कुरा उनले जाहर गरेका छन् ।
रायसीना सम्वाद जस्तै आफ्नै भूगोल, इतिहास, समस्या, सु(शासनमा उच्च श्रेणी वौद्धिक अभ्यासको थालनी नेपालमा पनि गर्नु पर्दछ । अन्यौलतामा रहेको राजनीति विचलित अवस्थामा रहेको नेतृत्व पंक्ति र इमानमा लरखराइरहेको कर्मचारीतन्त्रलाई उर्जा उन्ययन गर्न बौद्धिक अभ्यासले लाभ दिन सक्दछ ।