काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेका हुन् ।
बैंकले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्धेश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग संग सम्झौता गरेको जनाएको छ ।
बैंकको अनसार भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरुलाई आफ्नो ब्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास गरेको छ ।