Logo

एमालेको नयाँ पार्टी मुख्यालयमै मुख्यमन्त्री शेरधन राईमाथि आक्रमण प्रयास



काठमाडौं, ९ वैशाख । बालिका खड्काले मुख्यमन्त्री शेरधन राईमाथि आक्रमणको प्रयास गरेकी छिन् । त्यो पनि थापाथलीस्थित नयाँ पार्टी कार्यालयको गेटमै ।

नेकपा स्थापना दिवस पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईलाई आज बालिका खड्काले आक्रमणको प्रयास गरेकी हुन् ।

मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास गरेकी हुन् । उनले पार्टीमा हक जमाउन नदिने भन्दै गालीगलौज गरेकी थिइन् ।

बालिकालाई प्रहरीले नियन्त्रणमा लिएपछि पनि आक्रमणको प्रयास गर्दै गालीगलौज गरेकी थिइन् । ‘मलाई बिहे गर्छु भनेर इज्जत लुट्ने,’ बालिका चिच्याइरहिन् । उनले राईमाथि अनमेल विवाह गरेको भन्दै चिच्याइरहिन् ।

बालिकाले आरोप लगाउँदै चिच्याइरहँदा एमाले नेतृ राधा ज्ञवालीलगायत हेरिरहेका थिए । केही पुरुषले भने बालिकालाई पागल भनिरहेको सुनिन्थ्यो ।

बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध यौन दुव्यर्वहारको आरोप लगाउँदै आएकी छिन् । राई पुगेको ठाउँमा उनी पुगेर आक्रमणको प्रयास गर्ने गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्