बलेवा, ९ वैशाख । सदरमुकाम बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेसम्मको सडक ट्र्याक खुलेको २४ वर्षसम्म पनि चाक्लो बनाइएको छैन । बागलुङ नगरपालिका–३ को खहरेमा साँघुरो रहेको सडक चाक्लो बनाउन थालेको झण्डै एक वर्ष भयो तर काम झनभन्दा झन् सुस्त छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ खण्डमापर्ने यो सडक मध्यपहाडी लोकमार्गले नै काम गर्नुपर्ने सडक खण्ड हो । बागलुङकै घोडाबाँधे बुर्तिवाङ खण्ड र बुर्तिवाङ पातिहाल्ने खण्डमा सडक फराकिलो बनाएर काम भइरहेको छ । यो सडक कालोपत्र भएर चिल्लो छ । छिमेकी जिल्ला पर्वतमा भइरहेको कामले बागलुङको साँघुरो खण्डलाई गिज््याइरहेको छ ।
पहरो काट्ने काम चलिरहेको छ । त्यही पहरो बहाना बनाएर निर्माण व्यवसायीले समयमा काम नसकेका कारण बागलुङ–घोडाबाँधे खण्डको २७ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । बिहुँ खण्डमा पनि विभिन्न ठाउँमा सडक साँघुरो छ । ‘साँघुरो भएको ठाउँमा सडक चाक्लो बनाउन काटेको माटो फाल्ने ठाउँ भएन भनेर निर्माण व्यवसायीले कामनै गर्न छोडे’ बिहुँका स्थानीयवासी रुद्रप्रसाद कँडेलले भन्नुभयो,‘‘सवारीको चाप, धुलो र हिलोले हामीलाई सधैँको सास्ती ।’’
कालीगण्डकी करिडोरको बागलुङ खण्डका पनि अनेकौँ किस्सा छन् । नेपाली सेनाले ट्र्याक खोलेको करिडोरको बागलुङमा पर्ने २८ किलोमिटर खण्डमध्ये मालढुङ्गा–बलेवा विमानस्थल खण्ड चाक्लो बनाउने काम पनि नेपाली सेनाले ग¥यो । दश किलोमिटर उक्त खण्ड दश मिटर चाक्लो बनाएर सडक विभागलाई हस्तान्त्रण गरेको दुई वर्ष वितिसक्दा यो सडक पहिलेकै अवस्थामा फर्किएको छ । ठाउँठाउँमा सडकमाथि र सडकको तलबाट गइरहेका पहिरोका कारण सडक साँघुरिँदै छ ।
बलेवा विमानस्थल–पालुङखोला खण्डको १८ किलोमिटर सडक सेनालेनै फराकिलो बनाउने काम गरिरहेको छ । साँघुरो कोरिडोरमा सवारीको चाप उत्तिकै छ । दुर्घटनाको भय राखेरै भए पनि सवारी चलाउनुपर्ने बाध्यता रहेको सवारी चालक राजु शर्माले बताए ।
बागलुङमापर्ने राष्ट्रिय गौरवका आयोजना मात्रै होइन यहाँका स्थानीय सडकको दुरदशा अझै भयावह छ । सङ्घीयताको कार्यान्वयनसँगै बनेका स्थानीय तहका मुकामका सडक साँघुरा भएका कारण मुकामका बजारले गिज््याइरहेको देखिन्छ । ‘‘मुकामका बजारवासी भन्छन्, “तीनै बजारमा साना गाडी छिर्दैनन’्’ जैमिनी नगरपालिकाको मुकामका एक स्थानीयवासी भन्छन्, ‘‘अन्यत्र हेर्दा कस्ता राम्रा काम भएका छन् तर हाम्रो त मुकामकै हालत यस्तो छ, सडक राम्रो छैन ।’’ रासस