Logo

बाबुराम भट्टराईद्वारा शहरी जंगल सार्वजनिक स्वामित्वमा राख्न प्रस्ताव



काठमाडौं, ९ वैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शहरी जंगल सार्वजनिक स्वामित्वमा राखेर रक्षा गर्न प्रस्ताव गरेका छन् । उनले शहरी जमिन र जंगल रक्षाका लागि सरकारी स्वामित्वमा राख्नुपर्ने प्रस्ताव गरेका हुन् ।

अन्तर्राष्ट्रिय अर्थ डेको अवसरमा उनले ट्वीट गर्दै काठमाडौं उपत्यकाका बचेखुचेका सुन्दर हरियालीयुक्त जंगललाई अव्यवस्थित शहरीकरणको अजिंगरले निल्दै लगेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

बाबुरामले ट्वीटरमा लेखेका छन्ः International Earth Dayको कर्मकाण्ड पूरा गर्दैगर्दा काठमाण्डौ उपत्यकाका बचेखुचेका सुन्दर हरियालीयुक्त पहाड/जंगललाई अव्यवस्थित शहरीकरणको अजींगरले निल्दै लगेको बिभत्स/कुरूप दृश्य(फोटो:टोखाबाट शिवपुरी)लाई ध्यान दिने कि?कमसेकम शहरी जमीन/जंगल सार्वजनिक स्वामित्वमा राखेर रक्षा गरैौं न!



प्रतिक्रिया दिनुहोस्