Logo

जेठ ६ गते उपनिर्वाचन हुने



काठमाडौं, बैशाख १० । नेकपा माओवादीका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ एमाले प्रवेश गरेपछि रिक्त रहन आएको राष्ट्रिय सभा सदस्यको एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले वागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको हो । आयोगले वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरूलाई समय दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्