काठमाडौं, १० बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयरको मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार फाइनान्सको बिहीबार भएको अन्तिम कारोबार मुल्य २८८ रुपैयाँको आधारमा शेयरमुल्य समायोजन गरेको हो ।
संस्थाको १० प्रतिशत बोनस शेयरको समायोजन पछि नयाँ शेयरमुल्य २६२ रुपैयाँ निर्धारण गरिएको हो ।