Logo

मन्त्री आलेद्वारा आर्थिक सहयोग



काठमाडौं, १० बैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् । उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् ।

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनुभएका दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्