काठमाडौं, १० बैशाख । पत्रकार ऋषि धमलाको प्राइम टाईम्स टेलिभिजनबाट दैनिक प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम सर्वाधिक हेरिने कार्यक्रम बनेको छ । दैनिक राति ८:०० बजेबाट प्रसारण हुने एक घण्टाको उक्त कार्यक्रम पछिल्लो समय सर्वाधिक लोकप्रिय बनेको छ ।
युट्युब, फेशबुकलगायत सामाजिक सञ्जालमा समेत पत्रकार धमलाको उक्त कार्यक्रम सर्वाधिक हेरिएको छ । प्रायः धमलाले लिएका अन्तर्वार्ता ट्रेण्डिङमा परेका छन् । पछिल्लो समय चलचित्र निर्देशक छविराज ओझा र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अन्तवार्ता पनि ट्रेण्डिङमा छ । छोटो समयमा जनता जान्न चाहन्छन् कार्यक्रम लोकप्रिय बनेको छ । धमलाको अर्को कार्यक्रम ‘धमलाको हमला’ पनि उत्तिकै लोकप्रिय छ ।