Logo

कैलालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ नाघ्यो



धनगढी,धनगढी, बैशाख १२ । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ३ का ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुस्टि भएको थियो। उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।

यो सहित गोदावरी नगरपालिकाका अहिले सम्म १३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्