काठमाडौं, १२ बैशाख । राप्रपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो सुझाव दिएका हुन् ।
उनले लेखेका छन्– केही समय उदघाटन,शिलान्यास र पार्टी विवादलाई थॅाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम@kpsharmaoli लाई आग्रह गर्दछु।कोरोना अनियन्त्रित र विकराल बन्दैछ।यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन्।दु:खको बेला जनता भरोसा खोजिरहेछन्। ”