रुकुम पुर्व, १३ बैशाख । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ)मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी दिउ । पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।
घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उन्ले बताउ । अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरुआत गरिएको बताइएको छ । उहाँका अनुसार पुर्साबाङ–रुकुकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी रहेको थियो ।
उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउ । उहाँले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको जानकारी दिउ ।रासस