Logo

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने



काठमाडौं, १३ बैशाख । कोरोना संक्रमण बढेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरमा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईने भएको छ । तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठक जारी छ । हिजो बसेको सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउन, निषेधाज्ञा लगाउने अधिकार दिएको थियो ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरु हिजोपनि संयुक्त छलफलमा बसेका थिए । हिजोको बैठकले नै काठमाडौं उपत्यकामा यही बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको बुझिएको छ । निषेधाज्ञाको अवधिमा के खुल्न पाउने ? के खुल्न नपाउने ? भन्नेबारे आजको बैठकले मापदण्ड निर्धारण गर्न लागेको हो । यो अवधिमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ ।

तर, सिडिओहरुले निषेधाज्ञाको निर्णय गर्ने कि यसको लागि मन्त्रिपरिषदमा सिफारिश गर्ने भन्नेमा अधिकारीहरुबीच मत भिन्नता रहेको छ । स्रोतकाअनुसार उनीहरुले निषेधाज्ञा जारी गर्ने निर्णय मन्त्रिपरिषदबाट होस भन्ने चाहेको छन् । मन्त्रिपरिषदको बैठक अहिले साँझ पाँच बजे बस्दैछ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्