Logo

अपर तामाकोशीसहित आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १३ बैशाख । आज शेयरबजारमा ६५.५८ अंकले ओरालो लागेको छ । सोमबार २.५५ प्रतिशतले नेप्से घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा रोकिएको हो ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३१ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ७ सय ७० रुपैयाँ कायम भएको छ । त्यस्तै, निफ्राको २५ करोड २९ लाख भन्दा धेरेको कारोबार भएको छ । बैंकको प्रतिशेयर मुल्य ५२६ रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्