काठमाण्डौ । ऐतिहासिक महत्व बोकेको काठमाण्डौको बालाजुस्थित बाइस धारामा भोली मंगलबार विशेष मेला लाग्दैछ । यो मेलाको आफ्नै धार्मिक महत्व छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गरेको हो । यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ ।
यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ भन्ने विश्वास छ । किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पति भयो । यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो ।
ल्हुति पूणिर्माको दिन बाइसधारामा स्नान गरी मृत्त आफन्तको नाममाब बत्ती बाल्ने परम्परा छ । साथै यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहेको उल्लेख छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ ।
ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।
यो मेलामा हजारौँ भक्तजनको भिड लाग्ने भए पनि यस पटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रभावित भएको छ ।