काठमाडौं, १४ बैशाख । आज छिमेक लघुवित्तले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा ५९ दशमलव ८९ प्रतिशतले बढी मुनाफा गरेको हो ।
गत वर्ष ५९ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको यस संस्थाले चालु आवमा ९५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा गरेको हो । चालु आवमा १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खुद आम्दानी गरेको संस्थाले २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । हाल संस्थाको चुक्तापुँजी २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, लघुवित्तले २ अर्ब ९० करोड ८ लाख जगेडा कोषमा सुरक्षित राखेको छ भने ६ अर्ब रुपैयाँ अन्य बैंकबाट ऋण लिएर २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, ब्याज आम्दानी पनि १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ गरेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ५२ पैसा रहेको छ ।