Logo

सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न बार एसोसिएशनको आग्रह



काँकडभिट्टा, १४ बैशाख । यसैबीच नेपाल बार एशोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ ।

बार एशोसिएसन तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न बार एशोसिएसले आग्रह गरेको छ । विज्ञाप्तिमा आपतकालीन रुपमा आवश्यक पर्ने अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामग्रीहरु समेतको प्रवन्ध र व्यवस्थापन गर्न माग गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्