Logo

२ हजार भन्दा बढी पीसीआर शुल्क लिने निजि प्रयोगशालालाई मन्त्रालयले कारवाही गर्ने



काठमाडौं, १४ बेशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको भन्दा बढी पीसीआर परिक्षण शुल्क लिने प्रयोगशालाहरुलाई कारवाही गर्ने भएको छ । मन्त्रालयले तोकिएको भन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै आज एक सुचना जारी गर्दै बढी शुल्क लिने प्रयोगशालालाई कारवाहीको चेतावनी दिएको हो ।

सरकारले पीसीआर परिक्षणको लागि सरकारी प्रयोगशालाहरुमा १ हजार र निजि प्रयोगशालाहरुमा २ हजार रुपैयाँ निर्धारण गरेको छ । यदि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत लिइएको पाइएमा त्यस्ता प्रयोगशालाहरुलाई परिक्षणको सुचीबाट हटाउने जारी सुचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्