Logo

मेगा बैंकको संचालन नाफा ३३ दशमलव ३४ प्रतिशतले बृद्वि



काठमाडौं, १५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत वर्षको तुलनामा ३५ दशमलव ९५ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

गत वर्ष १ अर्ब ४५ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको बैंकले यो चालु आवको सोही अवधिसम्ममा १ अर्ब ९७ करोड २७ लाख ५५ हजार खुद नाफा आर्जन गरेको छ ।
चालु आवमा बैंकले वितरण योग्य नाफा १ अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ र संचालनमा २ अर्ब ७७ करोड २ लाख ३ हजार नाफा गरेको छ । गन वर्षको तुलनामा संचालन नाफा ३३ दशमलव ३४ प्रतिशतले बढी हो ।

त्यसैगरी, बैंकले ५ अर्ब २५ करोड ४७ लाख ८८ हजार जगेडाकोषमा सुरक्षित राखेको छ । यो वर्षमा बैंकले १ खर्ब ३३ अर्ब ३५ लाख १८ हजार कर्जा प्रवाह गर्न पनि सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्