Logo

देउवा र प्रचण्डले केपी ओलीको विकल्प खोज्न सक्नुहुन्न : शेरबहादुर तामाङ (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नसक्ने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी ओलीको विकल्प ओली नै भएको पनि जिकिर गरेका छन् । नेता तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले सकेको भए फागुन ११ गते नै केपी ओलीको विकल्प खोज्नेथिए भन्दै कडा टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्