Logo

जसपा सरकारमा जान्छ त ? यसो भन्छिन् चन्दा चौधरी (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । जनता समाजवादी पार्टी, नेपालकी सांसद तथा प्रभावशाली नेतृ चन्दा चौधरीले पार्टीले अविश्वासको प्रस्तावमा समर्थुन गर्ने कि नगर्ने भन्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेकी छिन् । उनले अविश्वासको प्रस्तावमा समर्थन गर्ने कि नगर्ने भन्नेबारे छिट्टै निर्णय गर्ने जनाईन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले पार्टीमा दुई धार भएको भन्ने आरोपमा कुनै सत्यता नभएको जिकिर गरिन् । जसपाका नेताहरुले सरकारमा जाने खुट्टा उचालेर बसेको भन्ने आरोपमा पनि कुनै सत्यता नभएको सांसद चौधरीले स्पष्ट पारिन् ।

उनले आफ्ना पार्टीका माग र मुद्दालाई जसले सम्बोधन गर्छ उसैसँग आफूहरु नजिक हुने बताईन् । उनले विगतमा पनि शासकहरुले आफूहरुसँग धेरै सम्झौता गरेको तर अहिलेसम्म पूरा नगरेको भन्दै आक्रोश पोखिन् । उनले कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन वटै पार्टी उस्तै भएको बताईन् ।

 



प्रतिक्रिया दिनुहोस्