Logo

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त



काठमाडौं, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । माओवादी केन्द्रका राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको भन्दै राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए।

सोहीअनुसार खड्काको पद रिक्त भएको जनाईएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आज एक सूचना जारी गर्दै खड्का सांसदबाट पदमुक्त भएको जनाएका छन् । अर्घाखाँचीका खड्का नेकपा एमाले प्रवेश गरेका छन्। File Photo



प्रतिक्रिया दिनुहोस्