काठमाडौं, १५ बैशाख । नेप्से आज १३.७९ अंकले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा रोकिएको छ । यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि २.१३ अंकले घटेर ४६५ दशमलव ११ विन्दुमा पुगेको छ । आज शेयरबजार ओरालो लाग्दा पनि यी केही कम्पनीको शेयरमुल्य बृद्वी भएका छन् ।
नेप्सेको अनुसार आज महिला लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सर्किट लेभल बढेको छ । संस्थाको २५८ रुपैयाँले शेयरमुल्य बृद्वि भएर २८ सय ४१ रुपैयाँ कायम भएको छ । त्यस्तै, विशाल बिशाल बजार कम्पनी लिमिटेडको पनि ९.९९ प्रतिशतले सर्किट लेबल बढेको छ । कम्पनीको ४२१ रुपैयाँले शेयरमुल्य बृद्वि भई ४६ सय ३६ रुपैयाँ कायम भएको छ । यसैगरी, आज सिंगटी हाइड्रो इनर्जी लिमिटेड लगायतको सर्किट लेभल बढेका छन् ।