Logo

सांसद वेपत्ता भएपछि चित्रबहादुर केसीले भनेः संसदीय खेलमा जे पनि गर्छन्



काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहँदा सांसद खिमविक्रम शाही वेपत्ता भएको घटनाले राजनीतिक तरङ्ग आएको छ । शाही वेपत्ता भएको घटनाबारे जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कडा टिप्पणी गरेका छन् ।

रिपोर्टर्स नेपालसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष केसीले संसदीय खेलमा जे पनि हुनसक्ने बताए । उनले भने,‘संसदीय खेलमा जे पनि हुनसक्छ ।’

आफूहरुले सांसद शाही चरक अस्पतालमा रहेको जानकारी पाएको समेत बताए । उनले विस्तृत विषय बुझिरहेको समेत बताए ।

जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । प्रदेशसभामा जनमोर्चाका ३ सांसद छन् । उनीहरु सबैले मतदान नगरेमा प्रस्तावको पक्षमा बहुमत पुग्दैन ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावको पक्षधर काँग्रेसको १५, माओवादी केन्द्रको ११, जनमोर्चाको ३ र जसपाको २ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्