Logo

२४ घन्टामा १७ संक्रमितको मृत्यु



काठमाडौं, १५ बैशाख । कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ७ सय ७७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख १२ हजार ६ सय ९९ संक्रमित भएपनि २ लाख ७९ हजार २ सय ७९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३० हजार २ सय ९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २४ लाख ५४ हजार ९ सय ६८ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्