Logo

आजदेखि निषेधाज्ञा जारी, सरोकारवालासँग पत्रकार धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १६ बैशाख । आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे पत्रकार ऋषि धमलाले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग विशेष कुराकानी गरेका छन् । धमलाले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ला, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र सरोज सिटौलासँग विशेष कुराकानी गरेका हुन् ।

यातायात व्यवसायी सरोज सिटौलाले आफूहरुमाथि राज्यले विभेद गरेको गुनासो पोखेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सिटौलाले भारतसँगको सिमा नाका व्यवस्थित् गर्नुपर्नेमा जोड दिए ।

कोरोनाको दोस्रो लहर ह्वात्तै बढेको भन्दै सरकारी निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पार्टीका गतिविधि पनि बन्द हुनुपर्ने माग राखे । महामारी नियन्त्रणको लागि सबै दल जिम्मेवार बन्नुपर्ने सुनाए । उनले आफूहरुमाथि राज्यले विभेद गरेको सुनाए । उनले भने,‘सरकार चुकेको छ । गुड्ने र उड्ने साधनमाथि विभेद भएको छ । हामीलाई समय पुगेको छैन् । जनता अनुशासन हुनैपर्छ । हामीले दिएको राम्रो सुझाव ग्रहण गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्