Logo

तेस्रो त्रैमासिक अवधिमा निफ्राको मुनाफा कति ?



काठमाडौं, १६ बैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष ०७७/७८ को त्रैमासिक विवरण सार्वजनिक गरेको छ । ५८ करोड २० लाख रुपैयाँ गत वर्ष नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ५८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

हालसम्म २ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको यस बैंकले चैत्र मसान्तसम्ममा १२ अर्ब ६१ करोड रुपैयाँको लगानी सम्झौता गरेको जनाएको छ । त्यस्तैगरी, बै्रंकले जगेडा कोषमा २ अर्ब १५ करोड रुपैयाँ सु्रक्षित गरेको छ भने खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले मात्र बढाएको छ । बैंकको प्रतिशेयर आम्दानी ३.९३ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्