काठमाडौं, १६ वैशाख । नेकपा एमालेका नेता बामदेव गौतमलाई आफ्नैले धमाधम छाड्न थालेका छन् । गौतमका विश्वासपात्र भनिएकाहरु धमाधम छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा जान थालेका छन् ।
गौतम निकट बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीले क्याम्प परिवर्तन गरेका छन् । उनी ओली समूहमा गएर राज्यमन्त्री बनिसकेका छन् ।
गौतमको एकता अभियानका दिपक मनाङेले पनि साथ छाडेका छन् । मन्त्री बन्ने भएपछि स्वतन्त्र हैसियतका मनाङे पृथ्वी सुब्बा गुरुङसँग जोडिएका छन् । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथिको अविश्वासको प्रस्तावमा मतदान हुनुपूर्व मनाङे स्वीच अफ गरेर हराएका थिए ।
विगतमा गौतमसँग नजिक रहेर निर्देशन मान्दै आएका मनाङे परिवर्तन भएको विषयले भैंसेपाटीमा खैलाबैला मच्चिएको छ ।
बामदेवलाई विगतमा साथ दिदै आएका घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतले पनि साथ छाडिसकेका छन् । उनीहरु पछिल्लो समय माधव नेपाल र झलनाथ खनालसँग नजिक छन् ।