Logo

गोदावरी नगरपालिकाको स्काउट संयोजकमा अर्याल, कसकसले पाए त ललितपुरमा जिम्मेवारी ?



वैशाख १६, काठमाण्डौ । संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको छ । बुधबार काठमाडौंमा पुरानो जिल्लागत संगठनलाई देशको परिवर्तित संघीय संरचनाका आधारमा सवै स्थानीय निकायमा स्थानीय स्काउट समिति निर्माण गरिएको घोषणा गरिएको हो ।

ललितपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी युवा स्काउट तथा पत्रकार दिपक अर्यालले पाएका छन । बैसाख ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै ललीतपुरको महानगरपालिको संयोजकमा गोपाल मर्हजन, महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमी गाउँपालिकामा बाबु लाल घलान, कोन्ज्योसोमा गाउँपालिकामा मिलन तामाङ र महाकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन ।

दिपक अर्याल

बिगत ९ बर्षदेखी नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिहरु संचालन गर्नका लागी देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएको हो । स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाहरुलाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिहरुलाई स्थानिय स्तरमा विस्तार गरि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लक्ष, दुरदृष्टी र निर्णयहरु कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ ।

देशका सातै प्रदेशमा सक्षम युवाहरुको नेतृत्वमा स्काउट समितिहरु गठन भइ प्रदेश कार्यालयहरु सञ्चालनमा आएको स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । स्काउट ऐन बमोजिम स्काउटको संरक्षकमा प्रधानमन्त्री, खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ भने प्रदेशमा मुख्यमन्त्री संरक्षक र सामाजिक बिकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था गरिएको छ । त्यस्तै पालिकामा पालिका प्रमुख संरक्षक र पालिका उपप्रमुख प्रमुख स्काृट हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्