काठमाडौं, १७ बैशाख । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चाल आवमा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष बैंकले आवको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यसैगरी समीक्षा अवधिमा खुद ब्याज आम्दानी गत वर्ष ५ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ब्याज आम्दानी ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
गत वर्ष ३ अर्ब ६० करोड रुपैयाँ कमाएको बैंकले यो चालु आवको यो त्रैमासिक अवधिमा ४ अर्ब ३९ करोड रुपैयाँ संचालन नाफा गर्न सफल भएको छ भने बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३४.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २७.८२ रुपैयाँ छ । बैंकको खराब कर्जा ०.४७ प्रतिशत रहेको छ ।