Logo

पाटन अस्पतालले थप्यो ८० बेड



काठमाडौँ, १७ वैशाख। कोरोना संक्रमित बढिरहेको र भएको बेड भरिएपछि ललितपुरस्थित पाटन अस्पतालले ८० बेड थप गरेको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड भरिएपछि थप ८० बेड विस्तार गरिएको हो ।

यससँगै पाटन अस्पतालमा कोरोना उपचारका लागि २ सय ६० बेड संख्या पुगेको छ । निर्देशक शाक्यका अनुसार ८० बेड थपिएपनि त्यसमा आइसियू र भेन्टिलेटर छैन । उनले भने, ‘बेड मात्र थपिएको हो, आइसियू र भेन्टिलेटर थपिएको छैन ।’-File Photo



प्रतिक्रिया दिनुहोस्