Logo

इन्डोनेसियामा फेरि आइपुग्यो चिनियाँ खोप



१७ बैशाख: चिनियाँ औषधि निर्माता कम्पनीहरुले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरु पुनः शुक्रबार इन्डोनेसिया आइपुगेको छ ।

सञ्चार मन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) ले उत्पादन गरेको ४ लाख ८२ हजार ४०० डोज खोप इन्डोनेसिया आइपुगेको जानकारी दिए ।

इन्डोनेसियाले हालसम्म सिनोभ्याकबाट कूल ६ करोड ५५ लाख डोज खोप प्राप्त गरिसकेको छ । साथै सिनोभ्याक, सिनोफार्म र कोभाक्स सुविधा मार्फत अस्ट्राजेनिकाको समेत गरी कूल ८४ लाख ४८ हजार डोज खोप पनि इन्डोनेसिया भित्रिसकेको छ ।

यसैबीच, सिनोफार्मले उत्पादन गरेको खोप स्थानीय भाषामा “गोटोङ रोयोङ” भनिने एकै समूहलाई लक्षित गरेर दिइने छ ।

इन्डोनेसियाको खाद्य तथा औषधि नियामक प्रशासन (बिपोम)ले सिनोफार्म खोपलाई हालैमात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

बिपोमका प्रमुख पेन्नी लुकिटोले सिनोफार्मले विकास गरेको कोभिड विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको शुक्रबार जानकारी दिएका छन् ।–सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्